बुटवल । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावमा पाँच नम्बर प्रदेश छुट्याइएको भन्दै बुटवलमा विरोध प्रदर्शन भएको छ।

बुटवलमा बिहानैदेखि यातायात बन्द भएको छ भने विद्यार्थी संगठनहरू पाँच नम्बर प्रदेशलाई अखण्ड राख्नु पर्ने भन्दै सडकमा ओर्लिएका छन्। बजार, पसल, उद्योग, कारखाना र बिहानी सत्रका शिक्षण संस्था पनि बन्द छन्।

त्यस्तै आफूहरुलाई पाँच नम्बर प्रदेशबाट छुट्याइको विरोधमा अर्घाखाँची र गुल्मीमा पनि विरोध प्रदर्शन भइरहेको छ। ती जिल्लामा पनि बुधबार बिहानैदेखि यातायात ठप्प छ भने विद्यार्थी संगठनहरुले सडकमा प्रदर्शन गरिरहेका छन्।

भैरहवामा भने जनजीवन सामान्य रहेको छ।

सरकारले मंगलबार साँझ यसअघि पाँच नम्बरमा रहेका पहाडी जिल्लालाई चार नम्बर प्रदेशमा राख्ने गरी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments