काठमाडौं । मन्त्रिपरिषदमा बुधबार नेपाली कांग्रेसका १० राज्यमन्त्री थपिँदैछ । कांग्रेसले सिफारिस गरेका राज्यमन्त्रीलाई बुधबार शपथ गराउने तयारी छ ।

कांग्रेसबाट राज्यमन्त्रीको सिफारिसमा पर्नेहरुमा खानेपानी तथा सरसफाईमा दीपक खड्का, उद्योगमा कञ्चनचन्द्र बादे, सिंचाईमा सुरेन्द्र आचार्य, वाणिज्यमा मिठु मल्ल, श्रममा दिलीप गच्छदार, वनमा सीताराम मेहता, भौतिक पूर्वाधारमा दीर्घराज भाट, सहरी विकासमा सुवर्ण ज्वारचन, स्वास्थ्यमा तारामान गुरुङ र पर्यटनमा इन्द्र वानियाँ छन् ।

कांग्रेसबाट १० राज्यमन्त्री थपिएपछि मन्त्रिपरिषद ४१ सदस्यीय हुनेछ ।

Comments

comments