यही श्रावण २९ गतेदेखि मलेसियामा हुने एसीसी यु–१६ प्रिमियर क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रतियोगितामा एसियाका टेष्ट नखेल्ने ६ राष्ट्र सहभागी छन् । यी ६ राष्ट्रहरु नेपाल, मलेसिया, बहराइन, ओमन, थाइल्याण्ड र सिंगापुरले राउन्ड रबिन लिगको आधारमा खेल्नेछन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले आगामी विहीबार थाइल्याण्डसँग खेल्नेछ । सुमित महर्जनको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीकोे मुख्य प्रशिक्षक बसन्त शाही छन् भने राजु बस्न्यात सहायक प्रशिक्षक रहेका छन् ।

Comments

comments