काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्तावलाई संसद सचिवालयमा दर्ता गराएको छ । मङ्गलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकको निर्णय बमोजिम संविधान संशोधनमा ४ वटा प्रस्तावलाई संसद सचिवालयमा दर्ता गराएको हो ।

बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशहरुको सिमांकन, भाषा, राष्ट्रिय सभा, नागरिकताको विषयमा संशोधन गर्ने गरि संशोधन प्रस्ताव अनुमोदन गरेर सचिवालयमा दर्ता गराएको हो ।

बैठकले संविधानमा उल्लेख प्रदेश सिमांकनकोे अनुसुची ४ मा रहेको प्रदेश नं ४ र ५ लाई केहि हेरफेर गर्ने गरि प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको छ । प्रदेश नं ४ मा सरकारले गोरखा, लम्जुङ, तनहुँ, कास्की, म्याग्दी, अर्घखाँची, रोल्पा, रुकुम, मनाङ, मुस्ताङ, पर्वत, स्याङजा, वाग्लुङ, पाल्पा, गुल्मी, नवलपरासीको वर्दघाट सुस्ता पूर्वसम्म , रोल्पा, प्युठान र रुकुमको पूर्वी भागलाई तोकेको छ । त्यसैगरि प्रदेश नं ५ मा नवलपरासी वर्दघाट सुस्तादेखि पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, र बर्दियालाई तोकेर संशोधन प्रस्ताव दर्ता गराएको छ ।

यसैगरि अंगीकृत नागरिकताको संविधानमा उल्लेख भएको धारा ११ लाई पनि परिमार्जन गर्ने र राष्ट्रिय सभामा महिलाको अनुपात बढि हुनुपर्ने र दलित अपाङगहरुको पनि उपस्थिती गराउने गरि संशोधन विधेयक दर्ता गराएको यातायात मन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।

यस्तै संघीय सिमांकन आयोगको गठन गरेर सिमांकन, आयोग र पुर्नसंरचना सम्बन्धी अध्ययन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Please follow and like us:

Comments