काठमाडौं । संशोधन प्रस्ताव सोमबारसम्म दर्ता नभएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित संघीय गठबन्धनले सरकार गठनका बेला भएको तीनबुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै सडक संघर्षमा जाने चेतावनी दिएको छ । सत्ता गठबन्धनभित्रको विवाद, प्रस्ताव सार्वजनिक गर्नुपर्ने मोर्चाको माग र एमालेले प्रस्ताव अघि बढ्न नदिएका कारण संशोधन प्रस्ताव आउन नसकेको मोर्चाले सोमबारको बैठकमा उल्लेख गरेको छ ।

तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बसेको मोर्चाको बैठकले चार महिनाअघि भएको तीनबुँदे सहमतिको औचित्य स्वतः समाप्त भएको उल्लेख गर्दै संघर्षमा जाने निष्कर्ष निकालेको हो ।

सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले सरकारले आफ्नातर्फबाट संशोधन प्रस्ताव संसद्मा दर्ता नगरेसम्म मोर्चाले कुनै प्रकारको सहमति नजनाउने बताए ।

उनले भने, ‘कोही पनि व्यक्ति र संस्थाले जसरी ब्ल्यांक चेकमा हस्ताक्षर गर्दैनन् त्यसैगरी सरकारको मस्यौदा नै नहेरी अनौपचारिक मस्यौदाको समर्थन वा विरोध गर्ने कुरा आउँदैन ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले पनि अब आन्दोलनमा जानुको विकल्प नरहेको बताए ।

महाभियोगले सत्ताको नेतृत्व लिएको माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दलबीच बनेको अघोषित एकता कायम राख्न पनि संशोधन प्रस्ताव दर्ता भएन ।

‘आन्दोलन घोषणा गरेर सडक तताउनुको विकल्प छैनु, झाले भने, ‘सरकार आफैंले तोकेर बोलेका कतिपय कुरा पनि पूरा हुन सकेनन् ।’

सत्ता गठबन्धनका प्रमुख घटक माओवादी केन्द्र र कांग्रेस अंगीकृत नागरिकलाई संवैधानिक पद दिन तयार रहेको पत्र सरकारले गत कात्तिक १९ गते मधेसी मोर्चाका केही नेतालाई पठाएको थियो ।

अन्तरिम संविधान २०६३ मा रहेको तर गत वर्ष जारी भएको संविधानबाट हटाइएका प्रावधानलाई पुनःस्थापित गर्न तयार भएको आसयसहितको अनौपचारिक पत्र सरकारले मोर्चालाई पठाएको थियो ।

उक्त पत्र सार्वजनिक हुनासाथ प्रमुख प्रतिपक्षी दल एमालेले ठाडै अस्वीकार गर्दै प्रस्ताव संसदमा छलफल नै हुन नदिने निर्णय गरेका कारण संशोधन अघि बढ्न नसकेको मोर्चाका एक शीर्ष नेताले बताए ।

Comments