निर्देशक दीपेन्द्र के खनाल निर्देशित नेपाली चलचित्र झोले अब अष्ट्रेलियाका दर्शकहरुका लागि प्रदर्शनमा आउँने भएको छ ।

डार्क कमेडी नाम दिइएको विशुद्ध हाँस्यरस प्रधान चलचित्र स्मार्ट एक्सेसले मेलबर्नमा प्रदर्शन गर्न लागेको हो । सिनेमा नोभा ३८० को हलमा देखाइने यो चलचित्र आगामी सेप्टेम्बर ४ तारिखमा बेलुकी ७ बजे र सेप्टेम्बर ७ तारिखका दिन साँझ ६ ः३० बजे प्रदर्शन हुनेछ । दुवै शोका लागि टिकट दर २५ डलर छ ।

टेकेन खड्काले निर्माण गरेको चलचित्र झोलेमा दयाहाङ राई र प्रियांका कार्की मूख्य भूमिकामा छन् । यो चलचित्र नेपालमा पनि दर्शकहरुले निकै रुचाइएको चलचित्र हो ।

Comments

comments