काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ।

बिहान ५ बजेर २१ मिनेटमा भूकम्पको ठूलो धक्का महसुस गरिएको हो। रामेछाप र सोलुखुम्बुको सीमा क्षेत्र केन्द्रविन्दु भएर गएको उक्त भूकम्प ५ दशलमव २ म्याग्निच्यूट भूकम्प गएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले बताएका छन्।

विहानपख भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए।

यो वैशाख १२ मा गएको गोरखा भूकम्पकै परकम्प भएको केन्द्रीय भूकम्प मापन केन्द्रले जनाएको छ ।

earthquake

Comments

comments