काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले किस्ता किस्तामा भइरहेको षडयन्त्रबाट मुलुकलाई जोगाउन संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु परेको बताउनुभएको छ ।

उहाँले मुलुकलाई बर्बाद हुनबाट जोगाउन संविधान संशोधनको नाममा हुने षडयन्त्र चिर्नको लागि पनि विपक्षमा उभिएको पनि प्रष्ट पार्नुभयो । युवा संघ नेपालद्धारा प्रकाशित युवाः आधार र कार्यभार नामक पुस्तकको आईतबार काठमाडौमा विमोचन गर्दैै अध्यक्ष ओलीले संविधान संशोधनको नाममा भइरहेको बहसमा नउत्रन पनि सबैमा अपिल गर्नु भएको छ । । उहाँले देशलाई आवश्यक परेको समयमा मात्रै संविधान संशोधन हुने पक्षमा नेकपा एमालेले रहेको पनि दोहो¥याउनु भयो ।

कार्यक्रममा अध्यक्ष ओलीले संविधान संशोधनको औचित्य पुष्टि गर्न मधेश केन्द्रित दललाई चुनौती दिदै मधेशको मुद्दा भन्दै मुद्रा आर्जनको मुद्दालाई चर्काइएको जिकीर गर्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments