काठमाडौं । सरकारले संविधान संशोधनको प्र्रस्ताव संसदमा सोमबार दर्ता गर्ने भएको छ ।

संविधान संशोधनको विषयमा थप छलफल आवश्यक भएको भन्दै सोमबार संशोधनको विषयमा छलफल गरेर संसदमा प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।

आइतबार प्रधानमन्त्रीको कार्यालयमा बसेको मन्त्रिपरिषदको वैठकमा समेत संविधान संशोधनको विषयमा कुनै छलफल भएन् । बैठक सोमबार पुनः बस्ने र सोहि बैठकबाट संविधानको प्रस्ताव संसदमा दर्ता गराउने निर्णय भएको सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

वैठकले सडक क्षेत्र विकास आयोजनाका लागि विश्व बैंकबाट प्राप्त पाँच अर्ब ८८ करोड रुपैयाँ र विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट प्राप्त १३ अर्ब रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै स्थानीय, प्रदेश र सङ्घीय कानुन तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरि सरकारले रुपाताल संरक्षण एकीकृत विकास परियोजना र बृहत् दाङ उपत्यका तथा माडी–लुङ्ग्री करिडोर सिँचाइ योजना सञ्चालन गर्ने निर्णय गरेको छ । जापान सरकारबाट नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि प्राप्त १७ अर्ब रुपैयाँ ऋण सहायता स्वीकृत गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments