मेलबर्न । कबड्डी र कबड्डी कबड्डी जस्ता सुपर हिट फिल्मका निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको नयाँ फिल्म पूरानो डुङ्गा आज आइतवार मेलबर्नमा प्रदर्शन हुँदैछ ।

आज मेलबर्नमा ग्राण्ड प्रिमियर हुन लागेको पूरानो डुङ्गा फिल्म मेलबर्नमा लगातार तीन दिन प्रदर्शन हुनेछ । भोलि र ३० नोभेम्वरमा पनि यो फिल्म प्रदर्शन हुने नेप्ले इभेन्ट्सले जनाएको छ । आज र ३० नोभेम्वरमा सनसाइन भिलेज सिनेमामा प्रदर्शन हुने पुरानो डुङ्गाको भोलिको शो भने भिलेज सिनेमा क्राउनमा हुनेछ ।

पोखराको फेवातालमा परम्परागत पेशाका रुपमा डुङ्गा खियाउने माझीको कथामा आधारित फिल्म पूरानो डुङ्गालाई माओत्से गुरुङले लेखेका हुन् । उनी आफैं पनि गुरुङ फिल्मका स्थापित निर्देशक र अभिनेता हुन् । फिल्ममा उनी पनि दयाहाङ राईसँगै लिड रोलमा छन् ।

फिल्ममा प्रियंका कार्की,मेनुका प्रधान,बुद्धि तामाङ,पुष्कर गुरुङ ,पूर्णिमा गुरुङ लगायतको अभिनय छ । फिल्मलाई यसअघि कबड्डी र कबड्डी कबड्डी निर्देशन गरिसकेका रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

नेपालमा शुक्रवार रिलिज भएको यो फिल्मले विस्फोटक व्यापार गरिरहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments