एजेन्सी । उनी अमेरिकाको किलकिलेमा अड्किएको हड्डी हुन जस्लाई अमेरिकाले न निल्न सक्यो नत ओकल्न नै । त्यही अमेरिका जस्ले ६ सय भन्दा बढीपटक उनलाई मार्ने प्रयास ग¥यो तर कहिले सकेन । विश्वभरका कम्युनिष्टको आस्थाको धरोहर नै बने , अमेरिकासंग रिस उठेकाहरुको नायक नै बने । उनी कहिल्यै हार्न माने र न क्युबालाई हार्न दिए । अन्तत उनी हारेका छन् , जोसंग सबैले पराजित हुनै पर्छ । ९० बर्षको उमेरमा मृत्युलाई स्वीकारेर विदा लिएका छन् उनै फिडेल क्याष्ट्रोले ।

आधा शताब्दीसम्म क्यूबामा राज गर्ने महान कम्यूनिष्ट नेता फिडेल क्याष्ट्रोको निधन भएको छ । क्यूबाका क्रान्तिकारी नेता तथा पूर्व राष्ट्रपति क्यास्ट्रोको ९० वर्षको उमेरमा शनीबार निधन भएको हो । अमेरिकाका सेन्ट्रल इन्टलिजेन्स एजेन्सी (सीआईए) ले ६ सय ३८ पटकसम्म अलग अलग तरिकाबाट मार्ने प्रयासलाई पनि सफल हुन नदिएका क्याष्ट्रो अन्ततः ९० वर्षको उमेरमा मृत्युलाई स्वीकारेका छन् । आफ्ना भाइ राउल कास्ट्रोलाई सन् २००८ मा सत्ता हस्तान्तरण गर्नुअघि एकदलीय शासन व्यवस्था अन्तर्गत झन्डै आधा दशक फिडेलले शासन गरेका थिए । काष्ट्रोका समर्थकहरु क्युबालाई जनतालाई फिर्ता गर्न सफल नेता भन्दै उनको प्रशंसा गर्दछन् तर उनका विरोधीले विपक्षीमाथि क्रुरतापूर्वक दमन गर्ने नेताका रूपमा चित्रित गर्दै आएका छन् । फिडेल क्याष्ट्रो सन १९५९ को डिसेम्बरदेखि १९७६ सम्म क्यूबाको प्रधानमन्त्री बनेका थिए । यसपछि भने फिडेल क्यूबाको राष्ट्रपतिमा नियुक्त भएका थिए । उनले सन २००८ को फ्रेबुअरीमा राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । फिडेलले सन २००६ मै आफ्ना भाइ राउल क्यास्ट्रोलाई सत्ता हस्तान्तरण गरेका थिए ।

फिडेल क्यास्ट्रो क्यूबाको क्रान्तिमार्फत फुल्गेकिया बतिस्ताका तानाशाहलाई हटाएर सत्तामा आएका थिए । बतिस्तालाई हटाएको केही समयपछि नै फिडेल क्यूबाको प्रधानमन्त्री भएका थिए । क्यूबाको प्रधानमन्त्रीमा आएपछि फिडेल क्यास्ट्रो अमेरिकाको निशानामा परेका थिए । फुल्गेकिया बतिस्तालाई अमेरिकाको समर्थन प्राप्त नेताको रुपमा मानिन्थ्यो । शीतयुद्धको बेला अमेरिकी सेनाको विरुद्धमा आफ्नो सीमामा मिसाइल खडा गरेर फिडेल क्याष्ट्रो विश्वभर चर्चित भएका थिए । सन १९५९ देखि सन २००८ सम्म क्यूबाको सत्तामा रहेका फिडेल क्यास्ट्रोलाई मार्न अमेरिकाले ६ सय ३८ पटकसम्म मार्ने कोशिस गरेको बताइन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

फिडेललाई ४९ सालसम्म साथ दिएका राजनैतिक सुरक्षाकर्मी फैबियन ऐस्कलान्टेले यस कुराको दाबी गरेका थिए । फिडेललाई मार्न सिगार चुरोटमा बम ब्लास्ट गर्नेदेखि फिडेलले प्रयोग गर्ने फाउन्टेनपेनमा बिषादीको प्रयोग गरेको समेत उनका सुरक्षाकर्मी फैबियनले बताएका थिए । फिडेल क्यास्ट्रोलाई मार्ने प्रयास सन १९६० को दशकमा अत्याधिक रहेको बताइन्छ । क्यूबाको सरकार ढाल्न ‘अपरेशन मान्गुज’ नामक अपरेशन शुरू गरेर फिडेलको हत्या प्रयास भएको फैबियनको दाबी छ ।

कम्युनिष्ट पार्टीको सम्मेलनको अन्तिम दिन गत अप्रिलमा उनले एक दुर्लभ भाषण गरेका थिए । आफू वयोवृद्ध भएको स्वीकार्दै उनले क्युबाली वामपन्थी विचारधारा अझै सान्दर्भिक भएको र क्युबाका जनताहरू विजेता हुने बताएका थिए । १९१३ अगष्ट १३ मा जन्मिएका क्याष्ट्रोको ९ सन्तान रहेका छन् ।

Comments

comments