काठमाडौं । आफ्नो करियरको डेढ दशकपछि अभिनत्री रेखा थापालाई फरक भूमिकामा देखिने भएकी छिन् । पछिल्लो समय एक्सन फिल्ममा रमाउँदै आएकी रेखा अझ स्ट्रङ र डेन्जरस् गर्लको भूमिकामा देखिदैछिन्–फिल्म डायरीमा ।

अर्की अभिनेत्री छुल्ठीम गुरुङले निर्माण गरेको फिल्म डायरीमा रेखाले पहिलोपटक खल भूमिकामा अभिनय गरेकी छिन् । रेखाले खलभूमिकामा खेल्न तयार भएदेखि नै चर्चामा आएको डायरीको टिजर पनि सार्वजनिक भएको छ । सार्वजनिक टिजरले बदला र प्रेमको कथालाई इङ्गित गर्दै यो फिल्मलाई एक्शन तथा सस्पेन्सले भरिपूर्ण रहेको देखाएको छ ।

फिल्ममा छुल्ठिम तथा रेखाको साथमा नव नायक सन्नी सिंह मुख्य भूमिकामा देखिनेछन् । साथमा राजु लामा, कुशल विष्ट, दिनेश डीसी, रुपा राना, विनोद पौडेल, पिटर तामाङको अभिनय रहनेछ ।

अनिल योञ्जनले निर्देशन रहेको सो चलचित्रलाई छेतन गुरुङले लेखेका हुन् । फिल्ममा शिवराम श्रेष्ठको छायांकन, स्वप्निल शर्मा, इमानविक्रम शाह, मनास राजको संगीत रहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments