मेलबर्न । अष्ट्रेलियाबाट अहिलेसम्मकै महँगो नेपाली म्युजिक भिडियो निर्माण भएको छ । नेपाली ८ लाख रुपैयाँको बजेटमा निर्माण हुन लागेको ‘बिर्सन सक्दिन’ बोलको गीतको म्युजिक भिडियो अहिले सम्पादनको क्रममा रहेको छ ।

अष्ट्रेलियामा सूचना प्रविधिमा स्नातक गरिरहेका २३ वर्षीय धराने प्रतिभाशाली युवा गायक निर्देशक निश्चल कार्कीले यो म्युजिक भिडियोलाई बजारमा ल्याउन लागेका हुन् । २ वर्ष अघि पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको छायांकन गत शुक्रबार सकिएको थियो ।

अष्ट्रेलियाका सिड्नी, क्रिमोर्न पोइन्ट, ल्यापरस बिच, हर्सभाइललगायत स्थानहरुमा छायाङ्कन गरिएको म्युजिक भिडियो हाल सम्पादनका क्रममा रहेको कार्कीले जानकारी दिए । एउटा सिंगो कथावस्तुमा आधारित रहेर छायांकन गरिएको म्युजिक भिडियोको कथा, निर्देशन कार्कीले गरेका छन् भने गीतमा शब्द, संगीत र स्वर पनि स्वयम् कार्कीकै रहेको छ । म्युजिक भिडियोमा ‘योर स्टाइल अष्ट्रेलिया’ ले सह–निर्देशन गरेको छ । नेपाली म्युजिक भिडियोको क्षेत्रमा आइरहेका भिडियोहरु भन्दा बेग्लै स्वाद दर्शकले पाउने गायक था निर्देशक कार्कीले बताए । अष्ट्रेलियामै संघर्षरत युवाहरुलाई मोडलिङमा उतारेका कार्कीले मौलिक र परिष्कृत अभिनयमा जोड दिएको बताए । मोडलहरुमा निश्चल खडका, सन्तोष मल्ल ठकुरी, रोजी श्रेष्ठ, राजेश गन्धर्व र असिम श्रेष्ठ रहेका छन् । म्युजिक भिडियोको छायांकन नमित चन्द ठकुरीले गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

नेपाली म्युजिक भिडियो जगतमा ठूलो बजेट र उच्चस्तरीय प्रविधि प्रयोग गरेको यस म्युजिक भिडियोमा संसारकै महङ्गो मध्येको एउटा कार ‘ल्याम्बोर्गिनी’ को प्रयोग गरिएको गायक निर्देशक निश्चल कार्कीले बताए । गायक तथा निर्देशक कार्कीका अनुसार नेपाली सिने जगतमै ‘ल्याम्बोर्गिनी’ को प्रयोग पहिलो हो । यो कारको भाडा मात्रै नेपाली रुपैयाँ प्रति घण्टा १ लाख ५० हजारसम्म परेको छ । यसका साथै ‘बिएमडब्ल्यु एमफोर’ समेत प्रयोग भएको छ ।

प्रविधिका हिसाबले समेत उच्चस्तरीय मानिएको यस भिडियोको छायांकन ४.५ के ब्लाक म्याजिक क्यामेराले गरिएको कार्कीले बताए । यो क्यामेरा समेत नेपाली भिडियोमा सम्भवतः पहिलो पटक प्रयोग गरिएको कार्कीले जनाए । यो हाइरिजोलुसन क्यामेरा भएको उनको भनाइ छ ।

Comments

comments