–कामना न्यौपाने

“दिदी, लामो भनेको के हो ?“
“के लामो भनेको ?“
“अघि बाटोमा दाइहरुले भनेको सुनेको के । हाम्रो स्कुलमा पनि सिनियर दाइहरुले “लामो“ भनिरहनुहुन्छ । “
दिदी अवाक भइन् ।
म कलेजबाट फर्किदै गर्दा, बसमा मसंगै बसिरहेका दिदी बहिनीको कुराकानी थियो यो ।

केहिबेरपछि चालक दाइले खलासी भाइलाई गालि गर्नुभयो ,“ मा*** मान्छे हाल्नुपर्दैन ?“

यी त सानो सन्दर्भ मात्र हुन् । बाटोमा हिंड्दा किशोरावस्थाका युवाहरु कुराकानीमा यस्ता शब्दहरु यसरी उच्चारण गरिरहेका हुन्छन्, मानौं, उनीहरुले गौरव गरिरहेका छन् आफ्नो बोलीचालीको शैलीप्रति । नेपाली भाषामा अश्लिल मानिने शब्दहरुको उच्चारण गरिरहेका युवाहरु , बाटोमा , कलेजमा, बसमा जहिंताहीं भेटिन्छन् । जब दाजुभाइ, माननीय व्यक्तिहरुसंग हुन्छौं, तब लाजमर्दो बनाइदिन्छन् यी शब्दहरुले ।

“ सुड़डोले बाइक किन्देनन् यार !“

आधुनिक छोराले बुवालाई सम्बोधन गर्ने आधुनिक शब्द बनिसकेछ, सुड़डो । यो आधुनिकताले कति दिदी बहिनीहरुलाई “छम्मा“ नाम दिइसकेको छ । यस्ता अनगिन्ति शब्दहरु झुन्डिरहेका छन् ,आजकालका नेपाली युवाहरुको जिब्रोमा । त्यसमाथि पछिल्ला केहि नेपाली चलचित्रहरुले प्रोत्साहन गरिरहेका छन् यी शब्दहरुलाई र ति फड़कार्ने जिब्रोहरुलाई । यथार्थ चित्रण गर्ने नाममा यस्ता शब्दहरुको बाढी नै आइराखेको छ चलचित्रहरुमा । तर समाजमा रहेका युवाहरुबाट टिपिएका भनिएका यस्ता शब्दहरु उल्टै ती युवाहरुले चलचित्रबाट सापटी लिइरहेका छन् ।

नेपाली भाषामा वर्णविन्यासको प्रयोगका विषयहरुमा थुप्रै बहसहरु भए तर समाजमा बढ्दै गएको छाडा शब्दको प्रयोगप्रति कमै ध्यान गएको देखिन्छ । यो क्रम यसरी नै गइराख्यो भने , हाम्रो भाषा त संकटमा पर्छ नै , साथै हाम्रो नैतिकता र संस्कृति पनि । भोलि नयाँ पुस्ताले लामो भन्ने शब्दको अर्थ शब्दकोषमा दिइएको अर्थबाट चित्त नबुझ्ने वातावरण नहोला भन्न सकिन्न ।

नेपाली भाषामा वर्णविन्यासको प्रयोगका विषयहरुमा थुप्रै बहसहरु भए तर समाजमा बढ्दै गएको छाडा शब्दको प्रयोगप्रति कमै ध्यान गएको देखिन्छ । यो क्रम यसरी नै गइराख्यो भने , हाम्रो भाषा त संकटमा पर्छ नै , साथै हाम्रो नैतिकता र संस्कृति पनि ।

त्यस्तै चुरोट त आजकालका युवाहरुको परिचय नै बनिसकेको छ । चुरोट तान्नुलई उनीहरु आफ्नो शान मान्छन् र त्यसरी नै मद्यपानलाई पनि । अझ कति युवाहरु आधुनिकताको नाममा ड्रग्सको कुलतमा फसिरहेका छन् । स्कुले भाईबहिनीहरुदेखि, युवा युवतीसम्म आजकाल रेस्टुराँमा हुक्काको धुँवासंगै आफू आधुनिक बनेको खुलियाली मनाइरहेका भेटिन्छन् ।

हामी युवाहरु भन्दैछौ , हामीले पढिरहेका कुराहरु व्यवहारिक भएनन्, जीवनमा लागू गर्न पाएनौं । तर हामीले हाम्रो स्कुले जीवनदेखि सिकेका पाठ, नैतिकता, हाम्रा आमा बाबाले सिकाएको संस्कार, व्यवहारमा लागु गर्न सक्यौं त ? हामी भन्दा पछिका पुस्ताहरुले हामीबाट के सिक्लान् ? हाम्रो यो आधुनिक बन्ने प्रतिस्पर्धामा, कतै हामी आफैलाई, हाम्रो अस्तित्वलाई त उछिनेरहेका छैनौ ?

हो,हामी पनि आधुनिक युगमा छिर्नुपर्छ, तर राम्रा कुरालाई आत्मसात र नराम्रा कुरालाई परित्याग गरेर । हामी विश्वव्यापीकरणमा जानुपर्छ तर आफ्नो पहिचान लिएर,पहिचान गुमाएर होइन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Please follow and like us:

Comments