काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ’पुरानो डुङ्गा’को बुकिङ आक्रामक देखिएको छ ।

क्यएफएक्समा मात्रै १४ शो पाएको यो चलचित्रले अग्रिम बुकिङमा बलिउड स्टार शाहरुख खानको फिल्म ’डियर जीन्दगी’लाई समेत उछिनेको छ । ’डियर जीन्दगी’ पनि शुक्रवारबाटै प्रदर्शनमा आउँदैछ ।

क्यूएफएक्समा पाएको १४ शो मा ’पुरानो डुङ्गा’को पहिलो दिनको १० शो करिब हाउसफुल भईसक्दा शनिबारको पनि ७ शो मा दर्शकले सिट रोजिसकेका छन् ।

शाहरुखको फिल्मले भने १५ शो पाएको छ । विहीवारसम्ममा पहिलो दिनलाई यो चलचित्रको ८ शो को लागि मात्रै दर्शकले सिट कब्जा गरेका छन् । बिहिबार साँझसम्मको बुकिङले क्यूएफएक्सका सबै शो भरिने संभावना देखिएको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा माओत्से गुरुङ, दयाहाङ राई, प्रियंका कार्की, मेनका प्रधान प्रमुख भूमिकामा छन् । बुधबार सम्पन्न प्रिमियरमा भने मिश्रित प्रतिक्रिया पाएको छ । केही समीक्षकहरुले पूरानो डुङ्गा साँच्चिकै पूरानो रहेको टिप्पणी गरेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments