काठमाडौं । योग गुरु स्वामी रामदेवले नेपालमा आयुर्वेद विश्वविद्यालय खोल्ने घोषणा गर्नुभएको छ ।

विहीवार वाराको प्रसौनी ९ मा स्थापित पतञ्जलि आयुर्वेद प्रालि उद्योगको उदघाटनको अवसरमा उहाँले आगामी १ वर्ष भित्रमा नेपालमा दुई हजार जनालाई आफ्नो उद्योगले रोजगारी उपलब्ध गराउँने जानकारी दिनुभयो । यस्तै स्वामी रामदेवले ५ देखि ७ वर्ष भित्रमा थप ८ हजार गरी १० हजार जनलाई रोजगारीको ग्यारेन्टी गर्ने उद्घोष समेत गर्नुभयो । नेपालमा स्थायित्व, समृद्धि चाहेको वताउदै स्वामी रामदेवले नेपालको विकासमा आफुसक्दो सहयोग गर्ने प्रतिवद्धता गर्नु भएको थियो ।

कार्यक्रममा बालकृष्ण आचार्यले अवको १० वर्ष भित्र विश्वमा पतञ्लजिमय वनाई दिने दावी गर्नुभयो । करिब २ अर्वको लगानीमा निर्माण भएको उद्योगमा अहिले ४ सय जनाले रोजगारी पाएको बताइएको छ । उद्योगवाट उत्पादित समानहरु नेपालको गाँउ गाँउमा पु¥याउने लक्ष्य लिइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments