काठमाडौं । फिफा बरियातामा नेपाल ५ स्थान माथि उक्लिएको छ ।

विश्व फुटबल महासंघ फिफाले हरेक महिना सार्वजनिक गर्ने गर्ने पछिल्लो फिफा बरियतामा नेपाल १ सय ८१ औं स्थानमा उक्लिएको हो ।
फिफाले बिहीबार सार्वजनिक गरेको बरियाताक्रममा यसअघि १ सय ८६ औं स्थानमा रहेको नेपाल ५ स्थान सुधार गदै १ सय ८१ औं स्थानमा पुगेको हो । गत साता मात्र एएफसी सोलीडारिटी कप जितेको नेपालले फिफा बरीयतामा फड्को मारेको हो ।

५ स्थान सुधार गरेपनि नेपाल दक्षिण एशियामा भने नेपाल पाँचौ स्थानमा छ । भारत एक सय ३७ स्थानमा रहदै दक्षिण एसियाको शीर्ष स्थानमा यथावत छ । अफगानिस्तान एक सय ४७ स्थानमा रहदै दोस्रो, माल्दिभ एक सय ५४ स्थानमा रहदै तेस्रो र भुटान एक सय ७६ स्थान सहित चौथो स्थानमा छ । दक्षिण एसियामा नेपाल भन्दा पछि बगलादेश , श्रीलका र पाकिस्तान रहेका छन् ।

फिफाको नयाँ वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत छ भने ब्राजिलले जर्मनीलाई पछि पार्दै दोस्रो स्थानमा पुगेको छ । चिलीले पनि बेल्जियमलाई पछि पार्दै चौथो स्थानमा उक्लिएको छ । फिफामा रहेको दुई सय ९ राष्ट्रमा गरिएको विश्व वरीयता क्रममा सोमालिया, गिब्रालटर,ईरिट्रिया, बहमास र एन्गुईला समान अन्तिम दुई सय पाँचौ स्थानमा रहेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments