मेलबर्न । अष्ट्रेलियाले विदेशी पर्यटकहरुलाई १० वर्षको मल्टिपल भिसा दिने तयारी गरेको छ । सन् २०१७ बाटै लागू हुने यस्तो भिसाम शुरुमा चिनियाँ पर्यटकहरुलाई प्रदान गर्ने सरकारको योजना छ ।

क्यानबेरामा आयोजित टुरिजम समिटमा अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले चिनियाँ पर्यटकहरुलाई १० वर्षको मल्टिपल भिसा दिने सरकारी तयारीबारे जानकारी गराएको हो । उनले सन् २०१७ लाइ अष्ट्रेलिया चाइना टुरिजम इयरको रुपमा मनाउने बारेमा चिनियाँ राष्ट्रपति सि जिनपीङसँग आफूले छलफल गरिसकेको बताए ।

अष्ट्रेलियामा सबैभन्दा बढी आउने पर्यटकमा चिनियाँ दोस्रो नम्बरमा पर्दछ । गत वर्ष चिनियाँ पर्यटकहरुले अष्ट्रेलियाको अर्थतन्त्रमा ८.३ बिलियन डलरको योगदान दिएका थिए । सन् २०२० सम्ममा १३ बिलियन डलर चिनियाँ पर्यटकबाट मात्र आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

शुरुमा अष्ट्रेलियाले १० वर्षे मल्टिपल भिसा परीक्षणका रुपमा मात्र प्रदान गरिने टर्नबुलका प्रवक्ताले बताए । निश्चित मिति तय भैनसकेको भए पनि छिट्टै यो योजना कार्यन्वयनमा आउने उनले बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

photo credit :sbs.com.au

Comments