काठमाडौं । सरकारले संविधान संशोधन प्रस्ताव शुक्रवार दर्ता गर्ने तयारी गरेको छ । प्रमुख प्रतिपक्ष दल एमालेको असहमतिको वावजुद सरकारले मधेसी मोर्चासहितको संघीय गठबन्धनको माग सम्वोधनका लागि भन्दै शुक्रवार संविधान संशोधन प्रस्ताव दर्ता गराउन लागेको हो ।

दलहरुबीच अहिलेसम्म भएका छलफल र मधेसी मोर्चाको मागलाई मध्यनजर गर्दै संशोधन प्रस्तावको मस्यौदा तयार भइरहेको बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार कुनैपनि हालतमा संशोधन प्रस्ताव दर्ता गराउने भनेपछि संशोधन प्रस्तावको मस्यौदालाई अन्तिम रुप दिन कानुन मन्त्री अजयशंकर नायक, कंग्रेसबाट सरकारमा सहभागी भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक लगायतको टीम लागिरहेको प्रधानमन्त्री स्रोतले जनाएको छ ।

शुक्रवार नै संशोधन प्रस्ताव दर्ता गराउने तयारी भएकाले सरकारका मन्त्रीलाई राजधानी बाहिर नजान समेत प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीको आग्रहपछि विहीवार कर्णालीका जिल्ला जाने तयारीमा रहेका पर्यटनमन्त्री जीवनबहादुर शाहीले अन्तिम समयमा भ्रमण रद्द गर्नुभएको छ भने अन्य मन्त्रीलाई साँझसम्म राजधानी आउन भनिएको बालुवाटार स्रोतले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

एमालेको असहयोगका बीच संशोधन प्रस्ताव दर्ता गराउदाको अवस्था र पारित गराउन पार्टीले खेल्ने भूमिकावारे प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्प कमल दाहालले शुक्रवार बिहान ८ बजे पार्टीको हेडक्वाटर बैठक बोलाउनुभएको छ । बैठकमा संशोधन प्रस्ताव पारित हुन नसकेको अवस्थामा सरकारको भविष्यका बारेमा प्रधानमन्त्रीले पार्टी नेताहरुसंग छलफल गर्नुहुने स्रोतको भनाई छ ।

पार्टीको बैठकपछि बिहान मन्त्रिपरिषद बैठक बसेर संशोधन प्रस्तावसम्बन्धी ड्राफ्टलाई अनुमोदन गर्ने सरकारका एक मन्त्रीले जानकारी दिए । संशोधन मस्यौदा अनुमोदन भएपछि भोली नै संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराउने सरकारको तयारी छ । सरकारले सीमांकन, नागरिकता, राष्ट्रिय सभा र भाषाको बिषयमा संविधान संशोधन गर्ने तयारी गरेको हो ।

Please follow and like us:

Comments