मेलबर्न । नेपालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले अष्ट्रेलिया आउने नेपालीलाई भिषा प्रक्रिया नेपालबाटै मिलाइदिन अष्ट्रेलिया सरकारसँग आग्रह गर्नुभएको छ ।

अष्ट्रेलियाका बिदेशमन्त्री जुलि बिशपसँग विहीवार भएको औपचारिक भेटवार्तामा मन्त्री महतले नेपालमा लगानी अभिबृद्धि गरी सहयोग बृद्धि गर्न समेत आग्रह गर्नुभएको थियो । सिड्नीस्थित बिदेश मन्त्रालयमा भएको भेटका अवसरमा मन्त्री महतले विदेशमन्त्री विशपलाई नेपाल भ्रमणको निम्तो पनि दिनुभएको थियो ।

भेटवार्ताका क्रममा मन्त्री विशपले मन्त्री महतले राखेका प्रस्तावलाई आफुले सकारात्मक रुपमा लिएको भन्दै यस बिषयमा आफुले गम्भीरताका साथ छलफल गर्ने बताउनुभएको थियो । उहाँले नेपालको पछिल्लो राजनीति घटनाक्रमबारे चासो राख्नुभएको थियो ।

मन्त्री महतले आजै अन्तराष्ट्रिय ब्यापार तथा प्यासिफक मन्त्री कोन्सेटा फेरिबान्ती लगायतका अन्य भुतपुर्व मन्त्री तथा नेताहरुसँग समेत भेटवार्ता गर्नुभएको छ ।

गैरआावासिय नेपाली संघ एनआरएनले आयोजना गरेको नेपाल महोत्सवमा सहभागि हुन मन्त्री महत बुधवार सिड्नी आईपुग्नुभएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments