काठमाडौं । व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने २५ साना दलको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाइएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा साना दलका सांसदहरुले बुझाएको ज्ञापन पत्रमा थ्रेसहोल्ड सम्बन्धि व्यवस्था नगर्न तथा साना दलहरुलाई पनि ठूला दलहरु सरह सेवा सुविधाको व्यवस्थासहित संघीय पदाधिकारीहरुको पारिश्रमिक सम्बन्धि विद्येयकमा व्यवस्था गर्न माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै अन्य दलहरुसँग पनि छलफल गर्ने बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

 

Comments

comments