काठमाडौं । नेपाली सेनालाई अहिले हाई अलर्टमा बस्न निर्देशन दिइएको छ ।

प्रधानसेनापति राजेन्द्र खत्रीले हालको परिस्थति अनुसार जुनसुकै अवस्था चुनौतिपूर्ण घडी आउनसक्ने भन्दै सम्पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । क्षत्रीले उपत्यका सहित ६ वटै पृतना र विभागीय प्रमुखलाई जस्तोसुकै चुनौतीको सामना गर्न सक्ने गरी अपरेशनल, तालिम तथा बन्दोबस्ती पक्षमा चौबिसै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । तर कस्तो चुनौती हो भन्नेबारेमा भने उहाँले कुनै खुलासा गर्नुभएन ।

सेनाको पृतनापति समन्वयात्मक बैठकको समापनमा निर्देशन दिदै क्षत्रीले नियमित संस्थागत जिम्मेवारी तथा कार्यहरुको बाहेक अपरेशनल रेडिनेस तथा सांगठनिक सुदृढिकरणका क्षेत्रहरुमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन दिनुभएको हो ।

बैठकमा वर्तमान राजनीतिक अवस्था, संविधान कार्यन्वयन, सीमाकंन तथा राष्ट्रिय ,क्षेत्रिय र अन्तर्राट्रिय प्रभावको मुल्यांकन र आकंलनको नमुना बैठकमा प्रस्तुत गरिएको थियो । सेनाको गुप्तचर विभाग (डिएमआई) को गोप्य प्रतिवेदनले अवस्था सोचेजस्तो हुननसक्ने देखिएपछि आईपर्ने जिम्मेबारीका बिषयमा बैठकमा छलफल भएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Please follow and like us:

Comments