काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले संविधान संशोधन गर्ने भनिएपनि के विषयमा संशोधन गर्ने भन्ने विषयको औपचारिक टुङ्गो अझै लागि नसकेको खुलासा गर्नुभएको छ ।

उहाँले संविधान संशोधन प्रस्ताव दर्ता हुने भनिएपनि यसको अझै टुङ्गो भने लागि नसकेको बताउनुभयो । उहाँले मधेसी मोर्चा नै संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने विषयमा प्रष्ट नरहेको जिकिर गर्नुभयो ।

नेता रायमाझीले संविधान संशोधन गर्ने भनिएपनि बाहिर आएका विषयमा पूर्ण राजनीतिक सहमति भएमात्र संशोधनको विषयले गति लिने बताउनुभयो । उहाँले संविधान संसोधनको विषयमै मधेस केन्द्रीत दल नै निर्णयमा पुग्न नसकेका बेला यो मुद्धा बाहिर भनिएजस्तो सजिलो नभएको बताउनुभयो ।

नेता रायमाझीले सरकारले संविधान संसोधनका लागि नागरिकता, राज्यको पूर्नसंरचना भाषा र राष्ट्रिय सभामा प्रतिनिधित्वको प्रणालीका विषय संसोधनका लागि लाने भने पनि अहिलेसम्म सरकारको आधिकारीक मस्यौदा समेत तयार नभएको बताउनुभयो । उहाँले यसबारे अहिलेनै अनावश्यक टिकाटिप्पणी नगर्दा नै राम्रो हुने सुझाव पनि दिनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments