काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते हुनुभएको छ ।

बुधवार कपनस्थित पार्टी कार्यालय जाने क्रममा सांसद केसी दुर्घटनामा पर्नुभएको हो । ७६ बर्षीय केसीको टाउको र ढाडमा चोट लागेपछि उपचारका लागि केएमसी अस्पतालमा लगिएको थियो । केसीको अहिले उपचार भइरहेको छ ।

माइक्रो बसको ढोका छेउको सिटमा बस्नुभएका केसी घुम्तीमा अचानक लड्न पुग्नुभएको थियो । उहाँलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरुले बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Please follow and like us:

Comments