मेलबर्न । अष्ट्रेलिया सरकारको शिक्षा तथा प्रशिक्षण विभागले दक्ष पेशाको सूचीमा संशोधन गर्ने जनाएको छ ।

विभागले हरेक वर्ष दक्ष विदेशी कामदारहरुलाई प्रदान गरिने भिसा कार्यक्रम अन्तर्गत दक्ष पेशाहरको सूचीमा फेरवदल गर्ने गरेको छ । अष्ट्रेलियामा कामदारको माग र क्षमताको आधारमा यसरी पेशाहरुको सूचीमा फेरवदल हुने गरेको विभागले प्रष्ट पारेको छ । यसपटक पनि विभागले केही दक्ष पेशाहरको सूचीमा फेरवदल गर्ने तयारी गरेको छ । कुन कुन पेशामा फेरवदल गर्ने भन्नेबारेमा सरकारले सरोकारवालाहरुबाट सुझाव मागेको थियो ।

सोही बमोजिम २१ नोभेम्वर अर्थात सोमवारसम्म प्राप्त प्रतिक्रिया र सुझावका आधारमा आगामी मार्चसम्ममा दक्ष पेशाहरुको संशोधन गरिसक्ने अद्यागमन मन्त्रालयको योजना छ । संशोधित सूची आगामी जुलाई १ तारिखदेखि लागू हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

यो सूचीमा अहिले कुल १८३ पेशाहरु समावेश छन् । तिनै पेशाहरुमा आधाररित रहेर अष्ट्रेलिया सरकारले विदेशी नागरिकहरुलाई अष्ट्रेलियामा वर्किङ र ट्रेनिङ भिसा प्रदान गरिरहेको छ । यस्तै सरकाररले ४५७ भिसा पनि प्रदान गर्दै आएको छ ।

यसवर्ष कुन कुन पेशा यो सूचीमा रहन्छन् र कुन कुन छाँटिन्छन् भन्नेबारेमा अहिले नै केही भन्न नसकिने मन्त्रालयले जनाएको छ । तर निम्न ५२ पेशाहरु सूचीबाट हटाउने समभावना प्रवल रहेको बताइएको छ । ती पेशाहरु निम्न छन् :

  • Production Manager (Mining)
  • Accountant (General)
  • Management Accountant
  • Taxation Accountant
  • Actuary
  • Land Economist
  • Valuer
  • Ship’s Engineer
  • Ship’s Master
  • Ship’s Officer
  • Surveyor
  • Cartographer
  • Other Spatial Scientist
  • Chemical Engineer
  • Civil Engineer
  • Geotechnical Engineer
  • Quantity Surveyor
  • Structural Engineer
  • Transport Engineer
  • Electronics Engineer
  • Industrial Engineer
  • Mechanical Engineer
  • Production or Plant Engineer
  • Aeronautical Engineer
  • Agricultural Engineer
  • Biomedical Engineer
  • Engineering Technologist
  • Environmental Engineer
  • Naval Architect
  • Medical Laboratory Scientist
  • Veterinarian
  • Medical Diagnostic Radiographer
  • Medical Radiation Therapist
  • Occupational Therapist
  • Podiatrist
  • Speech Pathologist
  • General Practitioner
  • Anaesthetist
  • Cardiologist
  • Endocrinologist
  • Gastroenterologist
  • Intensive Care Specialist
  • Paediatrician
  • Obstetrician and Gynaecologist
  • Medical Practitioners (nec)
  • Barrister
  • Solicitor
  • Psychotherapist
  • Psychologists (nec)
  • Chef*
  • Boat Builder and Repairer
  • Shipwright

 

Comments