मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा जारी मेलबर्न रेनेगेड्स च्याम्पियनसीप क्रिकेटमा न्याभ टिले विजयी शुरुवात गरेको छ । न्यू साउथ वेल्स टिमलाई पराजित गर्दै न्याभले प्रतियोगिताको पहिलो लिग खेलमा सुखद शुरुवात गरेको हो ।

न्याभलाई जिताउन कप्तान सुनाम गौतम एक्लै भारी सावित भयो । उनले ११३ रनको सर्वोत्कष्ट योगदान दिए । २० ओभरमा १५० रनको लक्ष्य पछ्याएको न्याभलाई लक्ष्य भेट्टाउन खासै मुस्किल परेन । न्याभका लागि सर्वाधिक रन जोडेका कप्तान सुनामले २ विकेट समेत लिए ।

यस्तै केशव,सजेन्द्र र रोशनले पनि एक एक विकेट झारे । लिग चरणको खेलमा आफ्ना खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेकोमा न्याभले प्रसन्नता व्यक्त गर्दै गौरविन्त भएको बताएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Please follow and like us:

Comments