काठमाडौं । बल छेडछाड गरेको आरोपमा भारतीय कप्तान विराट कोहलीमाथि कारवाही हुनसक्ने भएको छ ।

इङ्ल्यान्डविरूद्ध पहिलो टेस्टमा भारतीय कप्तान कोहलीले बल छेडछाड गरेको आरोप लागेको हो । राजकोटमा सम्पन्न पहिलो टेस्ट बराबरीमा समाप्त भएको थियो । बेलायती अखबार ‘डेली मेल’ ले कोहलीले पहिलो टेस्टमा बल छेडछाड गरेको खबर छापेको थियो ।

कोहलीले बल चम्काउदै गरेको एउटा भिडियो पनि जारी गरेको छ । भिडियोमा कोहली आफ्नो मुखमा रहेको चुइगम बलमा टाँसेर रगड्दै गरेको देखिएका थिए ।

कोहलीले दक्षिण अफ्रिकी कप्तान फाफ डु प्लेसिस जस्तै बलमाथि छेडछाड गरेको अखबरको दाबी छ ।

आइसिसीले होबर्ट टेस्टमा बल छेडछाड गरेको आरोपमा डु प्लेसिसको पारिश्रमिकबाट शतप्रतिशत रकम कट्टा गर्ने निर्णय गरेको थियो । अफ्रिकी कप्तान डु प्लेसिस पनि बल चम्काउन यही तरिका प्रयोग गर्थे । डु प्लेसिसलाई आइसिसीले धारा २.२.९ अन्तर्गत कारबाही गरिसकेको छ । तर, कोहलीको विषयमा आइसिसी अहिलेसम्म मौन छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments