काठमाडौं । स्वाथ्य क्षेत्रमा सुधार गर्नुपर्ने ठाउँ धेरै छन् । मन्त्री भएलगत्तै सुधारका लागि कम्मर कसेर लागेका स्वास्थ्य मन्त्री गगन थापाले सरकारी स्वामित्वका अस्पतालमा बिरामीले सास्ती खेप्नु नपर्ने भने पनि बिरामीको गुनासोे घटेको छैन ।

सिन्धुली घर भएका उज्वल श्रेष्ठले पिसाब सम्बन्धि समस्याले ग्रसित छोराको अप्रेशनको लागि कान्ति बाल अस्पतालको चक्कर काटेको १५ महिनापछि बल्ल बल्ल अप्रेशनको डेट पाएका छन् । त्यसक्रममा आफूले भोगेको सास्ती भनिनसक्नुको रहेको उनको भनाइ छ ।

भदौ २४ गते कान्ति बाल अस्पताल पुगेर त्यहाको समस्याहरुलाई नियाँलेका स्वास्थ्य मन्त्री थापाले दुई महिनाभित्र अस्पताल सुधार हुने र इमर्जेन्सी र आइसीयु मा लाईन बस्नु पर्ने समस्याको अन्त्य हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तर कान्ति बाल अस्पतालको इमर्जेन्सी र आइसीयुको समस्या भोगेका बिरामीहरुको गुनासो घटेको छैन ।

देशभरका बिरामीलाइ अप्रेसन गर्नु परे वा उपचारको लागि सबै निजी अस्पतालहरुले रिफर गर्ने मुलुकको ठुलो बाल अस्पतालले नै अप्रेसन गर्नुपर्ने बिरामीलाई एक बर्षसम्म कुराउनु गलत भएको सर्वसाधारणको भनाई छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

कान्ति बाल अस्पतालमा मुलुकका विभिन्न स्थानबाट आकस्मिक कक्ष र बहिरङ्ग कक्षमा दैनिक हजारको हाराहारीमा बिरामी आउछन् । ती मध्ये १० प्रतिशतलाई आइसियुको आवश्यकता पर्ने चिकित्सकहरु बताउँछन् । सरकराले मंसिरदेखि ५२ बेडको आइसीयु संचालनमा आउने भने पनि आइसीयु निर्माण कार्यले गति नलिंदा अहिलेसम्म थप आइसीयु सञ्चालनमा आएको छैन ।

Comments

comments