काठमाडौं । आफ्ना माग सम्बोधन गर्नेगरी संविधान संशोधन नभए काठमाडौंको दाना–पानी र इन्धन बन्द गर्ने मधेसकेन्द्रित दलका केही नेताले धम्की दिएका छन् ।

संघीय समाजवादी फोरम नेपालका उपमहासचिव समेत रहेका सांसद अभिषेकप्रताप शाहले संविधान संशोधनमार्फत मधेसीका माग पूरा नगरिए तराईमा मधेसलाई अलग गर्ने मागसहित काठमाडौंको दानापानी बन्द हुनेगरी आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

abhishekकपिलवस्तुवाट निर्वाचित सांसद शाहले सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेख्दै काठमाडौंको ‘दानापानी बन्द’ गर्ने धम्की दिएका हुन् । उनले संघीय गठबन्धनका कुन कुन घटकको समर्थनमा यस्तो आन्दोलन गर्न लागेको बारे खुलाएका छैनन् ।

आफूहरु संविधान पुनर्लेखनको माग छाडेर संविधान संशोधनको मागमा सहमत भएपनि मधेसीका माग सम्बोधन नै नगर्नेगरी संविधान संशोधनको चलखेल भएको साहले बताए । लोकान्तरसँग भने । मधेशी जनतालाई फेरि पनि ठग्ने प्रपञ्च भयो भने अब निर्णायक आन्दोलनमा उत्रने उनको चेतावनी छ ।

सांसद साहले आफूहरूलाई अराष्ट्रिय देखाएर दमन गर्न खोजिए मधेसलाई अलग गर्ने माग चर्को रूपमा उठ्ने दाबी गरे । उनले संविधान संशोधनमा नेकपा एमालेले गरिरहेको विरोधले मधेसमा असन्तुष्टि चुलिएको दाबी गरे । मधेसी युवाहरू आक्रोशित भएको बताउँदै उनले अझै माग पूरा गर्न ढिलाई भए आन्दोलन विस्फोटक हुने चेतावनी दिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments

comments