काठमाडौं । अष्ट्रेलियन फिल्म निर्देशक समर बोधी निक्सको निर्माणाधीन ‘सेडिसन’ मा नेपाली युवा अजय थापा–निक्सले अभिनय गरिरहेका छन् ।

‘द म्यान हु न्यु इन्फ्यानिटी’, ‘सिडलङ्स’, ‘अपरेसन ०२१’ जस्ता फिल्म निर्देशन गरेका समरले अजयलाई तिब्बती लामा, टासीको भूमिकामा खेलाइरहेका छन् ।

सीआईएले खोजि गरिरहेको सुरक्षा एजेन्सीका एक अधिकारीको कथा समेटिएको यो फिल्म हाल भारतको हिमाञ्चल प्रदेशमा छायांकन थालिएको छ । ती अधिकारी सीआईएको आँखा छल्दै भारतदेखि चीनसम्म पुगेको फिल्ममा देखाइनेछ । अष्ट्रेलियन कम्पनी, फुल सर्कल फिल्म फण्डले निर्माण गरिरेहको फिल्मबारे फण्डका मुख्य कार्यकारी अधिकारी ज्यासन रेले भनेका छन्, ‘सिर्जनात्मक क्षमता उच्च भएका समरसँग सहकार्य गर्दा मज्जा आइरहेको छ । अहिलेसम्मको काम उत्साहजनक छ । अजय र अन्य क्रुको काम मोहित पार्ने खालको छ ।’

सयौंले भाग लिएको अडिसनबाट अजयलाई छानिएको रेले प्रेस विज्ञप्तीमार्फत् बताएका छन् । उनलाई भूमिकाको लागि थुप्रै पटक तालिम दिइएको थियो । स्क्रिप्ट लेखन र फिल्म निर्देशनमा समेत हात बढाउन चाहेका अजयले आफ्नै निर्देशनमा ‘द बटरफ्लाई इफेक्ट्’ नामक छोटो चलचित्र तयार पारेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

काठमाडौंका अजय अध्ययनका लागि अष्ट्रेलिया पुगेका थिए । फिल्ममा महत्वपूर्ण भूमिका भएको उनले पल्लभी श्रद्धा, निकोलास ब्राउन, जोल मरोक्को जस्ता चर्चित कलाकारसँग काम गर्ने मौका पाएका छन् । समरको टोलीमा आबद्ध हुन पाउँदा आफूले धेरै कुरा सिक्न पाएको उनले बताएका छन् । समर र अजय अहिले काठमाडौंमै छन् ।

Comments