मेलबर्न । सोमवार साँझ मेलबर्नमा मेघ गर्जनसहित परेको असिना पानी र तीव्र गतिको हावाका कारण उडेको धुलोको कारण एकैपटक धेरै जनामा स्वास्थ्य समस्या देखिएको बताइएको छ ।

दमका रोगीमा हुने जस्तै लगातार खोकी लाग्ने समस्याबाट मेलबर्नका धेरैजना पीडित भएको समाचार एजेन्सीहरुले जनाएका छन् । अचानक देखिएको स्वास्थ्य समस्याका कारण अस्पताल र स्वास्थ्य संस्थाहरुमा विरामीको चाप अत्याधिक बढेको थियो । शहरमा उपलब्ध एम्बुलेन्सहरुले विरामी ओसार्न र कल रिसिभ गर्न हम्मे हम्मे परेको थियो । उता अस्पतालमा रात्रीकालीन सेवामा उपलब्ध स्वास्थ्य जनशक्तिले नपुगेपछि थप जनशक्ति बोलाउन परेको थियो । केहीलाई भने आवश्यकता परेको बेला जुनसुकै बेला बोलावाट आउनसक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिइएको थियो ।

सोमवार साँझ ६ बजेदेखि मेलबर्नमा पानी परेको थियो ।

४० वर्ष यताकै सबै भन्दा बढी विरामी सोमवार राति अस्पतालमा आएको चिकित्सकहरुलाई उध्रित गर्दै समाचारमा उल्लेख गरिएको छ । औसतमा सामान्य दिनमा रातिको समयमा मेलबर्नका अस्पतालहरुमा १० देखि २० वटासम्म केस आउने गरेकोमा सोमवार राति १०ः३० बजेभित्रै सबै वेडहरु भरिएर पनि झण्डै ९० जना विरामीहरुले कुर्न परेको थियो ।

चिकित्सकहरुले सोमवार रातभर विरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

Comments