ललितपुर । सोमवार ललितपुर स्थित हरिहरभवनमा रहेका द बेकरी क्याफे, कान्छा भान्छा घर र कसौडी चुल्होका भान्छामा सयुक्त बजार अनुगमन टोलीले छड्के अनुमगन गरी भान्छामा प्रयोग भएका दुषित र केही फोहरजन्य खाद्य बस्तुहरु नष्ट गरेको छ ।

ललितपुर जिल्ला प्रशासन कार्यलयका निरीक्षण अधिकृत बिष्णु प्रसाद सुवेदीको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले नाम चलेका रेष्टृुरा तथा क्याफेमा प्रयोग गरिएको सडे गलेको मासु, पनिर, मःम बनाउनको लागि राखिएको सामग्रीहरु दुषित भेटिए पछि नष्ट गरेको हो । द बेकरी क्याफेमा दुग्धजन्य बस्तु र आयातित मासुजन्य बस्तुमा उत्पादन मिति र लेवलिङ नभएको भेटिएको छ । मासुजन्य बस्तुको प्याकेटमा उत्पादन मिति र लेवलिङ भेटिएको छैन भने पनीर, बटर र मःम बनाउने सामग्री र मासु पनि बढी दुषित भेटिएको छ । शहरी क्षेत्रमा नाम चलेका रेष्टुृरा तथा क्याफेहरुका भान्छा फोहरु र दुषित भेटिएको अनुगमनमा सम्लग्न अधिकारीले जानकारी दिएका छन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

त्यसैगरी काँँन्छा भान्छाघरमा दुषित र उत्पादन मिति नभएको बेकरी, कुखुराको मासुजन्य बस्तु, बटर लगायतको सामग्री नष्ट गरिएको छ । हरिहरभवनस्थित कसौडी चुल्होको भान्छा बढी फोहर र दुषित भेटिएको छ । अनुमगन टोलीले तीन ओटै रेष्टुरा र क्याफे सचालकहरुलाई खाद्य अनुसन्धान अधिकृतले कार्यलयमा उपश्थित हुन लिखित पत्र काटेको छ ।

सरकारले बिभिन्न समयमा गर्ने यस्ता खालको बजार अनुगमन केवल औपचारिकतामा मात्र सीमित नरहेर उपभोक्तामा जनस्वास्थ्यमा खेलवाड गर्ने जो सुकै माथि पनि कानून अनुसार कारवाही गरेको पाइदैन । सरकारी बजार अनुमगनलाई ब्यवहारमा प्रभावकारी बनाउन अनुगमन टोली बढी शसक्त र इमान्दार हुन पनि आवश्यक छ ।

Comments

comments