काठमाडौं । संविधान संशोधनका विषयमा प्रमुख तीन दलबीच सहमति जुटाउने प्रयास पुनः विफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको विषयमा साझा धारणा बनाउनको लागि आह्वान गर्नुभएको तीन दलको बैठकमा नेकपा एमालेले संविधान संशोधनमा पुरानै अडान दोहोर्याएपछि सहमतिको प्रयास असफल भएको हो । नेकपा एमालेले संविधान संशोधनको प्रस्तावलाई अस्वीकार गर्दै यथास्थितिमा गरिने संशोधन प्रस्ताव आफूहरुलार्य मान्य नहुने अडान तीन दलको बैठकमा फेरि दोहोर्याएको हो ।

बालुवाटारमा बसेको तीन दलको बैठकमा प्रधानमन्त्री दाहालले तीन दलको सहमतीमा संविधान संशोधन गर्ने विषयलाई अघि सार्नुभएको थियो । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका दाहालको उक्त प्रस्तावलाई नेकपा एमालेले असहमति जनाउँदै अस्वीकार गरेको छ । बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशी मोर्चाले अघि सारेको संविधान संशोधनको माग र सरकारले बनाएको संविधान संशोधनको प्रस्तावमा आफूहरुको सहमति नरहने प्रष्ट पार्नुभयो ।

आफूहरुको असहमतिका वावजुद यदि संसदमा संशोधन प्रस्ताव दर्ता भएमा त्यसको सदन र सडक दुवैमा प्रतिकार गर्ने एमाले उपाध्यक्ष भीम रावलले चेतावनी दिनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

twgg-advertise

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता एवं उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेकपा एमालेले माओवादी र काँग्रससँग विश्वासघात गरेको आरोप लगाउनुभयो । उहाँले संशोधनमा पहिले एकतर्फी कुरा गरेर एमालेले अहिले पुन आफनो बोली फेरेको जिकिर गर्नुभयो ।

त्यस्तै बैठकमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले माओवादीले अघि सारेको प्रस्तावलाई एमालेले अस्वीकार गरेको जानकारी दिनुभयो । उहाँले एमालेले संविधान कार्यान्वयनमा समस्या पैदा गरेको उल्लेख गर्दै बुधबार मधेशी दलसँग पुन छलफल गरिने जानकारी दिनुभयो ।

प्रमुख दलहरुबीच संविधान संशोधनका विषयमा देखिएको ध्रुविकरणले मुलुकमा फेरि राजनीतिक द्धन्द्ध चर्कने संकेत देखिएको छ ।

Comments

comments