मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा सम्पन्न जी फाइभ माछापुच्छ्रे कप फुटबल प्रतियोगिताको उपाधि दी राइजीङ गोर्खाज क्लब सीड्नीले जितेको छ ।

फाइनलमा डार्बिन हर्टसलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै दी राइजीङ गोर्खाजले प्रतियोगिताको उपाधि जितेको हो । पाँंच घन्टाको हवाइ यात्रापछि सीड्नीमा जी फाइभ माछापुच्छ्रे कपमा सहभागिता जनाउन आएको डार्बीनले फाइनलमा आफ्नो मुख्य खेलाडी गुमाउनु नै उपाधि गुमाउनुको मूख्य कारण बन्यो ।

डार्बिनका सुलभ मास्के खेलको अन्ततिर रातोकार्ड खाएर बाहिरिएपछि फाइनल खेल एकपक्षीय बन्न पुगेको थियो । यसले गर्दा खेल नै खल्लो महसूस भएको थियो । सुलभ एक्लैले सेमीफाइनलमा राष्ट्रिय फुटबल टोलीका दुई हस्ती अनिल ओझा र जगजित श्रेष्ठ सम्मिलित मेलवर्नको यती फुटबल क्लब विरुद्धको खेलमा तीन गोल गरेका थिए ।

बलियो टीम फरम्याटमा उत्रेको राइजिङ गोर्खाजले फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै ४–०को फराकिलो जित सहित उपाधि उचाल्यो । राइजिङका लागि प्रबल रन्जितकार, आभाष थापाले एक एक गोल गरे भने पहिलोपटक खेलेका पारस थापाले डेब्यु म्याचमै दुई गोल गरे ।

यती फुटबल क्लबलाई तेस्रो स्थान :

yati

उता मेलबर्नको यती फुटबल क्लबले भने ग्रानभिललाई फराकिलो अन्तरले हराउदै प्रतियोगितामा तेस्रो स्थान हात पार्यो । राम्रा खेलाडीहरु भए पनि आपसी तालमेलको अभावमा यतीले तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी डार्बिनका सुलभ मास्के घोषित भए । म्यान अफ दी फाइनलको उपाधि पनि डार्बिनकै सुरज श्रेष्ठले हात पारे । टीआरजीका सुमिप श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । प्रतियोगिताको विजेताले दुई हजार डलर र ट्रफी तथा पदक हात पारेको छ भने । दोस्रो स्थान हात पार्ने टोलीले आठ सय डलर प्राप्त गरेको छ ।

प्रतियोगिताको भेट्रानतर्फको उपाधि आयोजक माछापुच्छ्रेले जितेको छ । उसले मेलवर्नको यती फुटबल क्लबलाई हराउदै उपाधि जितेको हो । सो उमेर समुहको प्रतियोगिताको सर्वाधिक गोलकर्तामा यती मेलवर्नका हरी गुरुङ, उत्कृष्ट गोलरक्षकमा माछापुच्छ्रेका निरज श्रेष्ठ, उत्कृष्ट खेलाडीमा सोही क्लबका प्रविन जोशी घोषित भए ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई लेबरकी सांसद जुलाइ फीन र अष्ट्रेलियाका लागि नेपालका कार्यबाहक राजदुत राजेन्द्र पाण्डे, एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष मन केसी, नेप्लीज अष्ट्रेलियन फुटबल संघका अध्यक्ष राजु मानन्धर लगायतले पदक तथा प्रमाणपत्र बितरण गरेका थिए ।

twgg-advertise

Comments

comments