काठमाडौं । व्यवस्थापिका संसदले सांसदहरुको तलब भत्ता वृद्धि गरेको छ । संसदमा सांसदहरुको तलब सुविधा बृद्धि सम्बन्धि विद्येयक बहुमतले पारित गरेपछि अब एक सांसदले तलब भत्ता स्वरुप मासिक कम्तिमा एकमुष्ट १ लाख बढी पाउने छन् ।

आइतबार व्यवस्थापिका संसदले सघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धि विधेयक, २०७३ लाई संशोधन सहित स्वीकृत गरेको छ । नयाँ व्यवस्थाअनुसार सांसदले यातायात सुविधा प्रतिदिन १ हजार, दैनिक भत्ता प्रतिदिन २५०० एवं बिजुलीधारा भत्ता २ हजार पाउने भएका छन् । विद्येयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले पेश गर्नु भएको थियो ।

विधेयकमा परेका संशोधन प्रस्तावमाथिको छलफलमा पछि संसदले संशोधन सहित सर्वसम्मतिले पारित गरेको हो । नयाँ व्यवस्थाअनुसार सांसदले ५५ हजार २३० पारिश्रमिक पाउनेछन् भने विशेष भत्ता एक हजार, बैठक भत्ता प्रतिदिनको ५ सय, सञ्चार सुविधा ३ हजार, आवास सुविधा १८ हजार तथा फर्निचर खर्च १५ हजार पाउने भएका छन् । नयाँ व्यवस्थाअनुसार सांसदले यातायात सुविधा प्रतिदिन १ हजार, दैनिक भत्ता प्रतिदिन २५०० एवं बिजुलीधारा भत्ता २ हजार पाउनेछन् । सांसदहरुले यो आर्थिक वर्षको पहिलो महिना साउनदेखिकै तलब भत्ता बढेको दरमा पाउने व्यवस्था गरिएको छ ।

त्यसैगरि व्यवस्थापिका– संसद्कोे बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल भने जारी रहेको छ । उक्त प्रस्तावमाथिको छलफलमा सांसद टुकराज सिग्देल, जनकबहादुर बुढा र ममता गिरीले आफनो भनाईहरु राख्नु भएको थियो ।

twgg-advertise

Comments