मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा हुने नेपाल फेष्टिबलमा सहभागी हुन परराष्ट्रमन्त्री प्रकाशशरण महत आउनुहुने भएको छ ।

हरेक २ वर्षमा हुने नेपाल फेष्टिबल सिड्नीमा यही २६ नोभेम्वरमा हुँदैछ । नेपाली नेपालीबीचको एकता र नेपाली कला संस्कृति र पर्यटनको प्रबद्र्धन गर्ने उदेश्यले एनआरएनए अष्ट्रेलियाको संयोजनमा नेपाल फेष्टिबल हुँदै आएको छ । फेष्टिबलमा नेपाली भेषभूषा, रहनसहन र खानाका साथै नेपाली व्यवसायिक सफलताका प्रस्तुतिहरु रहनेछन् ।

सिड्नीको केन्द्र मानिने डालिंग हार्बरमा आयोजना गरिने यस पटकको सिड्नीको नेपाल महोत्सवमा प्रमुख अतिथिको रुपमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत सहभागी हुनुहुने भएको हो । अष्ट्रेलिया भ्रमणका क्रममा महतले क्यानबेरामा विभिन्न राजनीतिक भेटघाट समेत गर्नुहुने तय भएको बताइएको छ । परराष्ट्रमन्त्री डा. महत अष्ट्रेलियापछि न्यूजिल्याण्डमा आयोजना गरिने नेपाली काँग्रेसको प्रवासी संगठन जनसम्पर्क समिति न्यूजिल्याण्डको कार्यक्रमका लागि त्यसतर्फ जानुहुनेछ ।

nepal-festival-logoयस्तै सिड्नी नेपाल फेष्टिबलमा एनआरएन आईसीसी अध्यक्ष शेष घले,अष्ट्रेलियामा रहेका अवैतनिक महावाणिज्यदूतहरु, राजनीतिक दलका उच्च अधिकारीहरुका साथै न्यूसाउथवेल्सको सरकारका मन्त्रीहरुलाई सहभागी हुनुहुनेछ ।

नेपाल महोत्सवको एक साता अघिदेखि नै भव्य तयारी गरिएको छ । अहिले डार्लिङ हार्बर क्षेत्रलाई निके सजाइएको छ भने केही दिन अघिदेखि नै यहाँ नेपालको राष्ट्रिय झण्डा, बुद्ध र सगरमाथा अंकित व्यानरहरु राखिसकिएको छ ।

फेष्टिबलमा सांस्कृतिक रुपमा हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने विभिन्न सांगीतिक प्रस्तुति रहनेछन् । महोत्सवमा सहभागी हुन कन्दरा व्याण्डका सम्पूर्ण कलाकार, गायक सुगम पोखरेल, गायिका अञ्जु पन्त सिड्नी आइसकेका छन् । यस्तै लोकगायिका मञ्जु पौडेलले पनि आफ्नो प्रस्तुति दिनेछिन् ।

twgg-advertise

Comments

comments