काठमाडौं । अष्टेलियाका ‘टप १००’ रियलस्टेट ब्रोकरको सूचीमा एक जना नेपाली व्यवसायी पनि पर्नुभएको छ ।

अष्ट्रेलियामा १८ हजार रियलस्टेट ब्रोकरमध्ये नेपाली कपिल नेपाल ‘टप १००’ रियलस्टेट ब्रोकरको सूचीमा पर्न सफल हुनुभएको हो ।

एमपीए म्यागेजिनले हरेक वर्ष उत्कृष्ट रियलस्टेट ब्रोकरको सूचि निकाल्ने गर्छ । जसमा कपिल उत्कृष्ट ८८ औं मा पर्न सफल हुनुभएको हो । १८ वर्ष अगाडि अष्ट्रेलिया आउनुभएका नेपाल रियलस्टेट ब्रोकरको व्यवसायमा चारवर्षदेखि संलग्न हुनुहुन्छ ।

१८ हजार बोक्ररहरुको सूचीमा उत्कृष्ट १००को सूचिमा आउनु ठूलो सफलता भएको नेपालको बताउँनुभयो । यो क्षेत्र मा काम सुरु गरेको चार बर्षमै यो उपलब्धि हासिल गर्न पाउदा मनमा अनौठो उत्साह र भबिष्यमा अझ बढी राम्रो गर्ने प्रेरणा मिलेको छ,उहाँले आफ्नो फेसबुकमा उल्लेख गर्नुभएको छ ।

twgg-advertise

Comments

comments