मेलबर्न । नेपाल प्रवद्र्धनका लागि अष्ट्रेलियाको ब्रिस्बेनमा आयोजना गरिएको नेपाल फेष्टिबल अपेक्षाकृत रुपमा सफल र भव्य रहेकोमा आयोजकले प्रसन्नता व्यक्त गरेको छ ।

फेष्टिबलको समीक्षा गर्दै आयोजक एनआरएनए अष्ट्रेलियाले फेष्टिबललाई सफल बनाउन सहयोग गर्ने सबैमा हार्दिक आभार र धन्यवाद पनि व्यक्त गरेको छ । आयोजकका तर्फबाट संस्थाका उपाध्यक्ष अभिमानसिंह बस्नेतले सबैको सहकार्यमा ब्रिस्बेन नेपाल फेष्टिबल निकै सफल र भव्य रहेको बताउँनुभयो । विभिन्न समुदायबाट मेलामा आउनुभएका सहभागीहरु,राष्ट्रिय तथा स्थानीय कलाकारहरु अझ बढी धन्यवादको पात्र रहेको उहाँले बताउँनुभयो ।

festival-2

यस्तै स्वयम्सेवी र प्रायोजक संस्थाहरुका कारण मेलालाई यस रुपमा आयोजना गर्न सम्भव भएको समेत उपाध्यक्ष बस्नेतले उल्लेख गर्नुभएको छ । मिहिनेती र समर्पित सहकर्मीहरुका कारण प्रतिकूल मौसमका वावजुद पनि भव्यताका साथ कार्यक्रम आयोजना गर्न सफल भएको उहाँले बताउँनुभयो ।

festival-1

ब्रिस्बेनमा नोभेम्वर १२ मा नेपाल फेष्टिबल सम्पन्न भएको थियो । उक्त फेष्टिबलमा विभिन्न नेपालीपनका स्टलहरु,नेपाली मौलिक लोक नृत्य र अञ्जु पन्त,सुगम पोखरेल,रमिला न्यौपाने लगायतका कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो ।

sabina

Photo Source : Sabina Kuwar’s facebook page

Comments

comments