मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा सञ्चालित हाम्रो नेपाली पाठशालाले एकदिवसीय श्रीमद्भागवत पाठ तथा संकिर्तनको आयोजना गर्ने भएको छ ।

नेपाली कला,धर्म र संस्कृतिका बारेमा यहाँ रहेका नयाँ पुस्ताका नेपाली बालबालिकाहरुलाई जानकारी गराउने उदेश्यले हुन लागेको संकिर्तन यहि डिसेम्वर ११ को दिनमा हुनेछ । बोरोेनिया भिक्टोरियामा अवस्थित श्री स्वामीनारायण मन्दिर परिषरमा हुने संकिर्तन विहान ९ बजेदेखि शुरु हुने बताइएको छ ।

नेपाली पाठशालाले विगत ३ वर्षभन्दा बढि समयदेखि पूर्वी भेगमा रहेका नेपाली बालबालिकाको निम्ति नेपाली भाषा तथा संस्कृतिको कक्षा सञ्चालन गर्दै आइरहेको छ । विदेशमा जन्मिएका वा हुर्किएका बालबालिकाहरुले नेपाली भाषा र संस्कृति नभुलुन् भन्ने उदेश्यले यस्ता कक्षा सञ्चालन गर्दै आएको नेपाली पाठशालाले जनाएको छ । त्यसैले संकिर्तनका दिन आफूसँगै आफ्ना बालबालिकाहरु पनि सँगै लिएर आउन अपिल गरिएको छ ।

सेवा नै धर्म हो भन्ने सोच लिएर पाठशालालाई सहायताको साथै यस संकिर्तनले नेपाली सांस्कृतिक धरोहरलाई संरक्षण गर्नको लागि एकपटक सबैलाई एकजुट गराउने आयोजकको विश्वास छ ।

twgg-advertise

Comments

comments