काठमाडौं । नेपालले सोलिडारिटी कपको उपाधि विजेता खेलाडीहरुलाई सरकारले दिने भनिएको नगद रकम प्रदान गर्न ढिलाई हुने भएको छ ।

उपाधि जित्ने बित्तिकै प्रधानमन्त्री पुष्पकमल दाहालले फेसबुकमार्फत घोषणा गरेको नगद तीन लाख पाउन खेलाडीले अझै कुर्नुपर्ने भएको हो । विजेता खेलाडीहरुलाई सरकारका तर्फबाट विहीवार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मान कार्यक्रम राखिए पनि नगद पुरस्कार भने दिइएन । तर सो अवसरमा प्रधानमन्त्री दाहालले प्रोत्साहनस्वरुप सरकारले प्रत्येक खेलाडीलाई तीन लाख दिने घोषणा गरेको दोहोर्याउनुभयो । यो नितान्त सरकारको घोषणा भएकोले छिट्टै उपलब्ध गराउने उहाँको प्रतिवद्दता थियो ।

सम्मान कार्यक्रममा एन्फाका उपाध्यक्ष मणि कुँवरले देशको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला छिट्टै पुनर्निर्माण गर्न पहल गरिदिन गरेको आग्रहमा प्रधानमन्त्रीले पुनर्निमाण कार्य भइरहेको र यसलाई छिट्टै सम्पन्न गर्ने विश्वास दिलाउनुभयो । उहाँले विद्यमान रंगशाला सानो भइसकेको बताउँदै अब नयाँ रंगशाला निर्माण गर्ने तयारीमा सरकार लागेको बताउँनुभयो ।

Comments

comments