काठमाडौं । संविधान संशोधनका विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरु ‘सकारात्मक’ बनेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गर्नुभउको संयुक्त छलफल सकरात्मक रहेको बालुवाटार स्रोतले जनाएको छ ।

बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले संविधान संशोधनबारे सरकारले गरेको तयारीबारे दुवै नेतालाई जानकारी गराउनुभएको थियो । सीमांकन, नागरिकता र राष्ट्रिय सभा गठन लगायतका विषयलाई समेटेर संशोधन प्रस्ताव तयार पारेको उहाँले बताउँनुभयो ।

बैठकमा प्रमुख विपक्षी दल एमाले अध्यक्ष ओली संविधान संशोधनप्रति सकारात्मक देखिएको माओवादी नेता वर्षमान पुनले जानकारी दिनुभयो । उहाँले एमाले अध्यक्ष ओलीले संविधान कार्यान्वयन र चुनावलाई प्राथमिकतामा राखेर संविधान संशोधन प्रस्ताव ल्याए छलफल गर्न तयार रहेको बताएको जानकारी गराउनुभयो ।

twgg-advertise

Please follow and like us:

Comments