प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय निकाय चुनावका लागि दलहरुबीच सहमति हुनुपर्नेमा जोड दिनुभएको छ ।

भरतपुर विमानस्थलमा आज आयोजित एक कार्यक्रममा बोल्नुहुँदै आयुक्त उप्रेतीले राजनीतिक दलहरुबीच सहमति भए निर्वाचन आयोगले ३ महिना भित्र स्थानीय निकायको चुनाव गराउन सक्ने बताउनुभयो । उहाँले राजनीतिक सहमतिपश्चात मिति निर्धारण गरी ३ महिनाको समय दिए निर्वाचन आयोगले स्थानीय निकायको चुनाव गराउन सक्ने दाबी गर्नुभयो । आयुक्त उप्रेतीले सरकार परिवर्तन भएपनि स्थानीय निकायको चुनाव गराउन कुनै समस्या नहुने बताउनुभयो ।

निर्वाचन प्रणालीमा परिवर्तन गर्न आयोगले तयार गरेको मस्यौदा पास भएर आउनुपर्नेमा जोड दिदैं उहाँले संविधानसभाको चुनाव भन्दा पनि स्थानीय निकायको निर्वाचन प्रक्रिया जटिल हुने धारणा व्यक्त गर्नुभयो ।

Comments

comments