काठमाडौं । लामो समयसम्मको मौनतापछि सफल निर्देशक तुलसी घिमिरे नेपाली चलचित्र क्षेत्रमा फेरि फिर्ता भएका छन् ।

पछिल्ला सबै चलचित्रहरुले आशातीत व्यापार गर्न नसकेपछि लगभग पलायन भएका घिमिरे यसपटक आफ्नो मेगा हिट चलचित्र दर्पण छाँयाको सिक्वेल लिएर आएका छन् । उनको यही नयाँ चलचित्र दर्पण छाँया २ को अफिसियल टिचर समेत यसै साता सार्वजनिक गरिएको छ । २००१ मा निर्माण भएको दर्पण छाँया त्यतिखेर सर्वाधिक व्यापार गर्न सफल चलचित्र बनेको थियो ।

दर्पण छाँया २ मा पुष्पल खड्का, सारा, श्रद्धा र फिरोज लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ । साबु गदाल कार्कीले निर्माण गरेको ‘दर्पण छायाँ २’ फागुन २७ गते रिलिज हुनेछ ।

twgg-advertise

पहिलो श्रृखंलाको रेकर्डतोड कमाइ र लोकप्रियता कारण पनि सिक्वल चर्चामा छ । यो चलचित्रलाई नयाँ सोचको सागीतिक प्रेमकथा भनेर परिभाषित गरिएको छ ।

पहिलो दर्पण छाँयाले दीलिप रायमाझी, उत्तम प्रधान तथा निरूता सिंहलाई नेपाली चलचित्र क्षेत्रमा स्टार बनाउने काम गरेको थियो ।

पहिलो भाग जस्तै दर्पण छाँया २ दर्पण छाँया २ पनि त्रिकोणात्मक प्रेमकथा रहेको बताइएको छ । दर्पण छाँया २ हेर्न दर्शकहरु कति आतुर छन् भन्ने यू ट्युवमा बुधवार मात्र अपलोड गरिएको टिचरले पाएको भ्यूजको संख्याले पुष्टि गरेको छ ।

Comments