काठमाडौं । सरकारले नेताहरुलाई जथाभावी उपचार खचको नाममा राज्यको ढुकुटी दुरुपयोग गरेको प्रति पछिल्लो समय जनआक्रोश बढ्दो छ । बुधबार विद्यार्थीहरुले व्यंग्यात्मक अभियान नै सञ्चालन गरेका छन् । उपचारको नाममा जनता मारेर देशको ढुकुटी रित्याउने प्रवृत्ति विरुद्ध काठमाण्डौमा विद्यार्थीहरुले एक रुपैंया संकलन अभियान चलाएका हुन् ।

ढल्किँदो उमेरका अधिकांश नेता र उच्च पदस्त ब्यक्तिहरुलाइ रोगले मात्र होइन जुनसुकै रोग लागे पनि आफ्नो गोजीबाट एक रुपैया निकाल्न हुदैन, राज्यकै ढुकुटीबाट पैसा लिनुपर्छ भन्ने मानसिकताले पनि गाँजेको छ । नेताहरुमा हुर्किएको यहि मानसिकताले गर्दा देशको ढुकुटीबाट भारि उपचार रकम लिएर विदेश उपचार गर्न जाने नेताहरुको संख्या बढ्दो छ ।

जनताको पसिनाबाट उठेको करले आफुखुशी उपचारको नाममा करोडौँ रकम सक्ने गरेकोप्रति जनआक्रोस बढ्दो छ । स्वास्थ्य उपचारका नाममा राज्य दोहन गर्नेहरुप्रति आक्रोशित विद्यार्थीहरुले बुधवार काठमाण्डौंमा प्रदर्शन गरे । विभिन्न नारा लेखिएको प्ले कार्ड बोकेर १ रुपैया संकलन गर्दै उनीहरु प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेका थिए ।

गरिब नेताहरुको उपचारको निम्ती धनी जनताहरुको तर्फबाट राष्ट्रिय नेता उपचार कोष’ खडा गर्नको निम्ती सहयोग अभियान लेखिएको व्यंग्यात्मक ब्यानर सहित विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुको यो अभियानमा एमाले नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले एक रुपैया दिएर सहयोग गर्नुभयो । सरकारले कुनै पनि राजनीतिक नेता र बरिष्ठ व्यक्तिहरुका लागि नीति बनाएर उपचार खर्च उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।

करिब तीन महिनाअघि नै व्यवस्थापिका संसद, अर्थ समितिले उपचार खर्च सम्बन्धि पुरानो व्यवस्था खारेज गरी संशोधित निती व्यवस्थापिका संसदमा विचाराधीन छ । नयाँ निती नआइसकेको अवस्थामा क्यान्सर उपचार गर्न कांग्रेस नेत्री तथा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालालाई सरकारले ५० लाख रुपैया उपलब्ध गराउने निर्णय गरे पछि सामाजिक सञ्जालमा विरोध बढेको छ ।

twgg-advertise

Please follow and like us:

Comments