काठमाडौं । निर्वाचन आयोगका प्रमूख आयुक्त डाक्टर अयोधीप्रसाद यादवले तीनै तहको निर्वाचनका लागि आयोग तयार रहेको बताउनुभएको छ ।

प्राविधिक रुपमा आयोग सक्षम रहेको बताउदै उहाँले कानुनी प्रक्रियाको लागि भने दलहरुलाई गंभीर हुन आग्रह गर्नुभयो । निर्वाचनका लागि आवश्यक कानुनी मस्यौदा प्रस्तुत गरेको दावी गर्दै निर्वाचन आयोगका प्रमूख आयुक्त यादवले आयोग निर्धारित समयमा निर्वाचन गराउन तयार रहेको बताउनुभएको हो । उहाँले निर्वाचनका लागि कानुनीवाहेक प्राविधिक तथा प्रशासनिक रुपमा आयोग तयार रहेको प्रष्ट पार्नुभयो ।

संविधान कार्यान्वयनका लागि पनि निर्धारित समयमा निर्वाचन अनिवार्य भएकोले दलहरुलाई गंभीर हुन उहाँले आग्रह गर्नुभयो । आयोगले निर्वाचनका लागि आवश्यक मतदाता नामावली, स्थानीय निर्वाचन, निर्वाचन कसुर तथा सजाय, राजनीतिक दलसम्वन्धी विधेयकको मस्यौदा गत कार्तिक १७ गते प्रस्तुत गरेको जनाएको छ ।

twgg-advertise

Comments

comments