काठमाडौंको व्यापारिक क्षेत्र न्यूरोडमा अर्को आधुनिक व्यवसायीक मल थपिएको छ । न्यूरोडस्थित अत्याधुनिक सुविधासहितको व्यावसायिक मल रञ्जना ट्रेड सेन्टर संचालनमा आएको हो ।

विगतमा रञ्जना हल रहेको स्थानमा नै रञ्जना ट्रेड सेन्टर संचालनमा ल्याइएको हो । ट्रेड सेन्टरको वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले उद्घाटन गर्नुभयो । ट्रेड सेन्टरभित्र ३ सय ७० वटा व्यापारिक पसलहरु रहेका छन । ८ हजार वर्ग फिटको फुड कोर्ट रहेको ट्रेड सेन्टरभित्र मल्ऽ्टिप्ल्ऽेक्स सिनेमा हल्ऽ पनि सञ्चालनमा आउने जनाइएको छ । ट्रेड सेन्टरमा रहेका पसलका सटरहरु रिमोट कन्ट्रोलयुक्त स्टेन्लेस स्टिलको रहेको बताइएको छ ।

सटर खोल्न रिमोट र कोड अनिवार्य पर्ने भएकाले पूर्ण सुरक्षित रहेको सेन्टरका अध्यक्ष कालु गुरुङले बताउनुभयो । पुरानो व्यापारिक क्षेत्रमा स्थापना गरिएको मलले छिटै नै ग्राहकको मन जित्ने उहाँको दाबी छ ।

Comments