काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सुटुक्क चीन जानुभएको रहस्य खुलेको छ । सिंगापुर भ्रमणमा रहनुभएका शाह भारत जाने भनिए पनि अचानक चीनमा देखिनुभएपछि रहस्य खुलेको हो ।

उहाँ हिमानी शाहलाई लिएर ६ दिनअघि सिंगापुर प्रस्थान गर्नुभएको थियो । शाह त्यहाँबाट भारत जाने कार्यक्रम रहेको भनिएको थियो । तर, उहाँ भारतको सट्टा चीन पुग्नुभएको हो ।

निर्मल निवास स्रोतका अनुसार सिंगापुरबाट तीन दिनअघि चीन पुग्नुभएका शाहले सोमबार चीनमा उच्चस्तरीय भेटघाट गर्नुभएको छ । उहाँको भेटघाटलाई महत्वका साथ हेरिएको छ । को–कोलाई भेटे भन्ने खुल्न सकेको छैन ।

पछिल्लो समय राजनीतिक दलहरुप्रति आक्रामक बोल्ने शाह राजसंस्था फर्काउने कसरतमा लागेको बताइन्छ ।

twgg-advertise

Comments

comments