मेलबर्न । अष्ट्रेलियामा अन्तर राज्यस्तरीय नेपाली क्लब फुटबल प्रतियोगिता हुने भएको छ । अष्ट्रेलियन नेपाली फुटबल खेलको स्तरलाई सुधार गर्ने लक्ष्य सहित यही नोभेम्वरको १९ र २० तारिखमा सिड्नीमा नेपाली फुटबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितमा अष्ट्रेलियाका विभिन्न राज्यहरुबाट १६ क्लबले खुल्ला उमेर समूहमा र ४ वटा क्लबले ३५ वर्ष उमेर समूहमा सहभागिता जनाउने भएका छन् । भालेन्टाइन स्पोट्र्स पार्क ग्लेनउडमा हुन लागेको यो प्रतियोगिता माछापुच्छ्रे क्लबले गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय स्तरको खेल मैदानमा हुन लागेको यो प्रतियोगितामा क्यानवेरा, डार्विन, एल्वरी र मेलवर्नका टिमहरु सहभागी हुने क्लबका अध्यक्ष बिजेन बटजुले बताए ।

नाइन ए साइड यो प्रतियोगिताका शुरुका छनोट खेलहरु २० मिनेट अवधिका हुनेछन् भने क्वाटर फाइनल, सेमिफाइनल र फाइनल आधा घण्टाको हुनेछन् ।

प्रतियोगितामा पहिलो हुने टिमले २ हजार डलर नगद पुरस्कार, रनिङ सिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै, दोस्रो हुनेले ८ सय डलर नगद पुरस्कार रनिङ सिल्ड, मेडल र प्रमाणपत्र पाउने छ र तेस्रो हुनेले ४ सय डलर नगद पुरस्कार, रनिङ सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।

gf-machhapuchre-cup

माछापुच्छ्रे क्लब सन् २०१३ मा स्थापना भएको हो । नेपालमा पोखरा स्थायी घर भएकाहरुको सक्रियतामा स्थापना भएको यो क्लव अहिले अष्ट्रेलियाको अग्रणी नेपाली फुटबल क्लबको रुपमा चिनिन्छ ।

क्लबमा अहिले २० जना युवा, २० जना भेट्रान र १० जना बाल खेलाडीहरु आबद्ध छन् । नेपालमा ए डिभिजिन क्लवमा खेलेका खेलाडीहरु उकेश श्रेष्ठ, सन्तोस केसी र विभिषण विष्टदेखि राष्ट्रिय प्रशिक्षकको छनोटमा परेका खेलाडिहरु रोहित थकाली र बिनम होना लगातका खेलाडीहरु माछापुच्छ्रे क्लबमा आबद्ध छन् ।

माछापुच्छ्रे क्लबले २०१३ र २०१४ मा एमआईटी कप जितेको थियो । यस्तै २०१४ र २०१५ मा जिएनसी लिग च्याम्पियन भएको थियो । भेट्रानतर्फ अझै पनि माछापुच्छ्रे क्लव सबै प्रतियोगिताहरुमा पहिलो हुँदै आएको छ ।

twgg-advertise

Comments

comments