काठमाडौं । क्यानडाले नयाँ इमिग्रेशन मापदण्डहरुको घोषणा गरेको छ । यस घोषणाले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई धेरै फाइदा पुग्ने भएको छ । हजारौको संख्यामा क्यानडामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरु पनि पछिल्लो नीतिबाट लाभान्वित हुनेछन् ।

इमिग्रेशन, रिफ्युजी एण्ड सिटिजनसिप क्यानडा डिपार्टमेन्टले एक्सप्रेस इन्ट्री कार्यक्रममा केही परिवर्तन गरेको हो । नयाँ ल्याएको प्रक्रिया अन्तर्गत उच्च दक्ष इमिग्रेन्ट तथा क्यानडा इन्सिटुटबाट उत्तिर्ण भएका विद्यार्थीलाई स्थायी बसोबास अनुमति (पिआर) दिने भएको छ ।

क्यानडा सरकारले ल्याएको यो नीति नोभेम्बर १८ देखि लागू हुनेछ ।

क्यानेडियन सरकारले देशमा उच्च दक्ष मानिसहरु भित्राउन विभिन्न परिवर्तन ल्याएको डिपार्टमेन्ट विभागले जनाएको छ । यस परिवर्तनले दीर्घकालीन आर्थिक विकासका लागि मद्दता पुर्याउने उसको विश्वास छ ।

कक्प्रिहेनसिभ रयाङकिङ सिस्टमले १५ अंक एक वा दुई वर्षे डिप्लोमा वा सर्टिफिकेट तथा ३० अंक र डिग्री, डिप्लोमा तीनवर्ष वा सो भन्दा बढी बस्नेलाई प्रदान गर्नेछ । यसमा स्नाकोत्तर, प्रोफेसनल र विद्यावारिधी गरेका समेत पर्नेछन् ।

यो परिवर्तन भए पश्चात पुर्व अन्तराष्ट्रिय विद्यार्थीहरु जो क्यानडा विश्वविद्यालयबाट उत्तिर्ण भएका छन्,उनीहरु पनि लाभान्वित हुनेछन् । एक्प्रेस इन्ट्री सिस्टम मार्फत उनीहरुले पिआर प्रक्रिया अगाडि बढाउन सक्ने भएका छन् । पुर्व अन्तराष्ट्रिय विद्यार्थीहरु क्यानडाको विकासका लागि महत्वपुर्ण क्याण्डिडेट भएकोले उनीहरुको उमेर, शिक्षा, दक्षता र अनुभव यस देशलाई खाँचो रहेको विभागले जनाउको छ ।

विश्वभरका उच्च दक्षता भएका मानिसहरुलाई क्यानडा भित्राउन खोजिएको इमिग्रेशन, रिफ्युजी र सिटिजनसिप मन्त्री जोन म्याकलमले भने । त्यस्ता व्यक्तिहरुलाई पिआर दिने समेत निर्णय भएको उनले बताए । यसका लागि प्रक्रियालाई अझ सजिलो बनाइएको उनको भनाइ थियो ।

twgg-advertise

Comments

comments