काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक डलर मात्र तलब लिने उद्घोष गरेका छन् ।

अमेरिकी राष्ट्रपतिको तलब वार्षिक ४ लाख डलर रहेको ट्रम्पले १ डलर मात्र लिने बताएका हुन् । एक टेलिभिजनलाई दिएको एक अन्र्तवार्तामा राष्ट्रपति ट्रम्पले आफ्नो तलब लिने योजनाबारे जानकारी गराएका हुन् । ट्रम्पलाई राष्ट्रपतिको तलब कति छ भन्ने थाहा नभएको र एक डलर लिनुनै उपयुक्त हुने बताइएको छ । अन्र्तवार्ताकारले राष्ट्रपतिको तलव ४ लाख डलर रहेको बताएपछि उनले तलब नलिने बताएका हुन् ।

यद्यपी ट्रम्प तलब नलिने पहिलो अमेरिकी नेता भने होइनन् । १९२९ देखि १९३३ सम्म राष्ट्रपति भएका हर्बर्ट हूवरले पनि तलब लिएका थिएनन् । त्यस्तै जोन एफ केनेडीले आफ्नो तलब च्यारिटीलाई दिएका थिए ।

twgg-advertise

Comments

comments